सहयोग
खातामा भएको फोन नम्बर र के समस्या भयो भन्नुहोस्, हामी जवाफ दिनेछौं।
यस पृष्ठमा
support@baidyaid.com मा लेख्नुहोस्।
हामी नेपाली वा अङ्ग्रेजीमा, आइतबारदेखि शुक्रबारसम्म जवाफ दिन्छौं।
छिटो जवाफ
साइन इन कोड आएन
सिग्नल कमजोर भए एक–दुई मिनेट ढिलो हुन सक्छ। हालेको नम्बर यही फोनको हो कि होइन हेर्नुहोस्, टाइमर सकिन दिनुहोस्, अनि कोड फेरि पठाउनुहोस्। धेरै पटक गर्दा पनि नआए राम्रो नेटवर्क भएको ठाउँबाट प्रयास गर्नुहोस्, वा हामीलाई लेख्नुहोस्।
रिपोर्ट देखिएन
अस्पताल वा ल्याबले अपलोड गरेपछि मात्र रिपोर्ट देखिन्छ — नमुना दिएको बेला होइन, नतिजा तयार भएको बेला। पहिले काउन्टरमा तपाईंको सही नम्बर छ कि छैन जाँच्नुहोस्। अपलोड गरिसक्यौं भन्छन् तर देखिएन भने संस्थाको नाम र मिति हामीलाई भन्नुहोस्।
यो रिपोर्ट मेरो होइन
रिपोर्टको नाम र मिति सहित तुरुन्तै हामीलाई लेख्नुहोस्। कसरी तपाईंको रेकर्डमा पुग्यो भनेर हामी पत्ता लगाएर हटाउँछौं। यसलाई हामी सामान्य प्रश्न होइन, गम्भीर घटना मान्छौं।
मैले फोन नम्बर फेरें
खाता फोन नम्बरसँग जोडिएको हुन्छ, त्यसैले नयाँ नम्बरले साइन इन गर्दा खाली रेकर्ड बन्छ। नम्बर एपबाट फेर्न मिल्दैन; पुरानो नम्बर छोड्नुअघि support@baidyaid.com मा इमेल गर्नुहोस्, हामी फेरिदिन्छौं।
मेरो नाम वा जन्ममिति गलत छ
यी एपबाट फेर्न मिल्दैन, किनभने अस्पताल र ल्याबले रिपोर्ट यिनैसँग मिलाउँछन्। नाम वा जन्ममिति सच्याउन तपाईंलाई दर्ता गर्ने अस्पताल वा ल्याबलाई भन्नुहोस्, वा बैद्य आईडी सहयोगलाई लेख्नुहोस्।
मेरो जानकारी मेटाउन चाहन्छु
बैद्य आईडी खाता मेटाउने हेर्नुहोस्। अनुरोध गर्न एप इन्स्टल गरिरहनु पर्दैन।
म अस्पताल वा ल्याबमा काम गर्छु
सुरु गर्ने प्रक्रिया, कर्मचारी खाता र अपलोडसम्बन्धी कुरा अस्पताल र ल्याबका लागि पृष्ठमा छन्।
